काठमाडौं । अमेरिकी बहुराष्ट्रिय राइड सेयरिङ कम्पनी 'उबर' एक महिनाभित्र नेपालमा सेवा सुरु गर्ने तयारीमा रहेको स्रोतहरूले जनाएका छन्।
कम्पनीले केही साताअघि नेपालका राइड सेयरिङ प्लेटफर्म र निजी क्षेत्रसँग छलफल गरेको थियो। यसअघि २०१६ देखि प्रयास भए पनि राजनीतिक अस्थिरता र नीतिगत अस्पष्टताका कारण प्रवेश हुन सकेको थिएन।
नेपालमा ७० प्रतिशतसम्म वैदेशिक लगानी र ३० प्रतिशत स्थानीय साझेदारी आवश्यक पर्ने व्यवस्था अनुसार कम्पनीले नेपाली साझेदार खोजिरहेको छ।
हाल नेपालमा टुटल,पठाओ,इनड्राइभ,याङ्गो गरि करिब ३० राइड सेयरिङ प्लेटफर्म सञ्चालनमा छन्। नयाँ कम्पनीको आगमनसँगै प्रतिस्पर्धा अझ तीव्र हुने तर बजार दीगो रहने चुनौती रहने जानकारहरू बताउँछन्।
तपाईको प्रतिक्रिया