बिहीबार १० बैशाख २०८३
राजनीति

नेपाली कांग्रेस आधिकारिकता विवादको बहस सकियो, आजै फैसला आउने

शुक्रबार बैशाख ४, २०८३/ Friday 04-17-26

काठमाडौँ। नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटमा बहस सकिएको छ।

सर्वोच्च अदालतमा रिट निवेदक शेरबहादुर देउवा पक्ष र गगन थापा पक्षका कानुन व्यवसायीहरूले बहस सकेपछि आदेश तयारीको चरणमा पुगेको छ।

न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा बिहीबारदेखि सुनुवाइ सुरु भएको थियो।

जवाफ बहसपछि विपक्षका तर्फबाट कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले अन्तिम बहस गरेका थिए। बहस सकिएकाले आजै निर्णय आउन सक्ने सम्भावना रहेको छ।

 

तपाईको प्रतिक्रिया