बिहीबार १० बैशाख २०८३
राजनीति

सर्वोच्चको आदेशपछि दीपक खड्का थुनामुक्त, अस्पतालबाट पनि डिस्चार्ज

शुक्रबार बैशाख ४, २०८३/ Friday 04-17-26

काठमाडौं। सर्वोच्च अदालतको आदेशपछि नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जा मन्त्री दीपक खड्का थुनामुक्त भई त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन्।

चैत १५ गते पक्राउ परेका खड्कालाई सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बिहीबार थुनामुक्त गर्न आदेश दिएको थियो। त्यसपछि अस्पतालमा उपचाररत उनी शुक्रबार घर फर्किएका हुन्।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका खड्काविरुद्ध परेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइपछि अदालतले थुनामुक्त गर्न आदेश दिएको हो।

 

तपाईको प्रतिक्रिया