काठमाडौँ। भारतको पश्चिम बंगालमा जारी विधान सभा निर्वाचनका कारण इलाम र झापासँग जोडिएका अन्तर्राष्ट्रिय सीमा नाकाहरू अस्थायी रूपमा बन्द गरिएका छन्। सोमबार साँझ ६ बजेदेखि लागू गरिएको यो निर्णय मतदान प्रक्रिया सम्पन्न नहुँदासम्म, अर्थात् वैशाख १० गतेसम्म कायम रहनेछ।
झापाको काकडभिट्टा–पानीट्याङ्की नाका र इलामको पशुपतिनगर नाका हुँदै हुने आवतजावत पूर्ण रूपमा रोकिएको छ।
जिल्ला प्रशासन कार्यालय झापाका अनुसार दार्जिलिङ जिल्ला प्रशासनको सूचनालाई आधार मानेर सीमा नाका सिल गरिएको हो। औपचारिक पत्राचार नभए पनि विगतको अभ्यासअनुसार यस्तो निर्णय लिइएको बताइएको छ।
सीमा बन्दसँगै सुरक्षा व्यवस्था कडा पारिएको छ र संवेदनशील क्षेत्रहरूमा निगरानी बढाइएको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया