शनिबार २३ फाल्गुण २०८२
बिजनेस

अब पोखराबाट सिधा अस्ट्रेलिया उडान

बिहीबार भदौ १२, २०८२/ Thursday 08-28-25

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छेन्दु हुँदै अस्ट्रेलिया उडान हुने भएको छ।

चीनको सिचुवान एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ। आगामी सेप्टेम्बरदेखि उडान सुरु गर्ने कम्पनीको योजना छ। यसअघि एयरलाइन्सले पोखरामा चार्टर्ड उडान गरिसकेको थियो।

त्यसैगरी, भूटान एयरलाइन्सले पनि सेप्टेम्बर २८ र अक्टोबरमा पारो–पोखरा बीच चार्टर्ड उडानका लागि अनुमति मागेको प्राधिकरणले जनाएको छ।

हाल पोखरा विमानस्थलमा नियमित उडान हिमालय एयरलाइन्सले मात्र गर्दै आएको छ। सिचुवान र भूटान एयरलाइन्ससमेत सञ्चालनमा आएपछि यात्रुहरूलाई थप सहज हुने प्राधिकरणको विश्वास छ।

 

तपाईको प्रतिक्रिया