शनिबार २३ फाल्गुण २०८२
बिजनेस

लाङटाङ ट्रेकिङमा भक्तपुरका चार जना खोल्सामा बगेर बेपत्ता

आइतबार असोज १९, २०८२/ Sunday 10-05-25

रसुवा ।  लाङटाङ ट्रेकिङमा गएका भक्तपुरका चार जना खोल्सा पार गर्ने क्रममा बगेर बेपत्ता भएका छन्।

१६ जनाको टोलीसहित ट्रेकिङमा निस्किएका उनीहरू शनिबार गोसाइँकुण्ड गाउँपालिका–४ स्थित बेरिङ खोल्सा तर्दै गर्दा दुर्घटनामा परेका हुन्।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजु शाहका अनुसार खोल्सा तर्ने क्रममा आठ जनालाई बगाएको थियो, जसमा चार जना पछि सम्पर्कमा आएका छन्। तर संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगीता श्रेष्ठ (मध्यपुर ठिमी नगरपालिका) र रवि श्रेष्ठ (भक्तपुर–१०) अझै बेपत्ता छन्।

वर्षाका कारण बढेको खोल्सा पार गर्ने क्रममा घटना भएको बताइँछ। हाल प्रहरीले उद्धार तथा खोजी कार्य जारी राखेको जनाएको छ।

 

तपाईको प्रतिक्रिया