शनिबार २३ फाल्गुण २०८२
जीवनशैली

नेपाल मेडिसिटीमा विश्व चिकित्सक योग्यता परीक्षा सम्पन्न

शुक्रबार असोज ३१, २०८२/ Friday 10-17-25

काठमाडौं।विश्वभरका चिकित्सकहरूको योग्यता, सीप र ज्ञान परीक्षण गर्ने चिकित्सक योग्यता परीक्षा नेपाल मेडिसिटी अस्पतालमा सम्पन्न भएको छ। दक्षिण एशियाका परीक्षा केन्द्रहरूमध्ये नेपालका लागि नेपाल मेडिसिटी नै पहिलो र एकमात्र केन्द्र हो।

तीन दिनसम्म चलेको परीक्षा असोज २८ देखि ३० गतेसम्म सञ्चालन भएको थियो। यस परीक्षा उत्तीर्ण चिकित्सकले विश्वका विभिन्न अस्पतालमा काम गर्न सक्ने अनुमति पाउँछन्।

यस पटकको परीक्षामा नेपालसहित बंगलादेश, भारत, बेलायत, म्यानमार, ब्रुनाई र माल्दिभ्सका ४६ जना चिकित्सक सहभागी भएका थिए। परीक्षा सञ्चालनका लागि बेलायतबाट पाँच र नेपालका १५ जना परीक्षक सहभागी थिए।

परीक्षाको समन्वय नेपाल मेडिसिटीकी डा. प्रगति कोइरालाले गरेकी थिइन्।

 

तपाईको प्रतिक्रिया