शनिबार २३ फाल्गुण २०८२
मनोरन्जन

निर्देशक तथा अभिनेता निश्चल बस्नेतलाई मातृ शोक

बुधबार कार्तिक १९, २०८२/ Wednesday 11-05-25

 

काठमाडौं । निर्देशक निश्चल बस्नेतलाई मातृ शोक परेको छ। ७१ वर्षको उमेरमा निश्चलकी आमा अमृता बस्नेतको बुधबार निधन भएको हो ।

अमृताको मिर्गौला फेल भएपछि १५ वर्षयता डाइलाइसिस गरेर उपचाररत थिइन् । पछिल्लो पटक निमोनियाबाट संक्रमित उनको स्वास्थ्य अवस्था जटिल बनेर ओम अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।

उनको पार्थिव शरीरलाई बुधबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारका सदस्यले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया