शनिबार २३ फाल्गुण २०८२
जीवनशैली

विश्व मधुमेह दिवस आज विविध कार्यक्रमसहित मनाइँदै

शुक्रबार कार्तिक २८, २०८२/ Friday 11-14-25

काठमाडौँ । विश्व मधुमेह दिवस आज नेपालसहित विश्वभर विविध चेतनामूलक कार्यक्रमसहित मनाइँदैछ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००७ देखि दिवस मनाउन सुरु भएको हो। मधुमेहको रोकथाम र उपचारका लागि आफ्ना स्वास्थ्य प्रणालीअनुसार राष्ट्रिय नीति निर्माण गर्न सबै सदस्य राष्ट्रलाई प्रोत्साहित गर्दै आएको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१४ मा विश्वभर ४२ करोड २० लाख वयस्क मधुमेहबाट प्रभावित थिए, जबकि सन् १९८० मा यो संख्या १० करोड मात्रै थियो। मोटोपना, अस्वस्थ जीवनशैली र शारीरिक गतिविधि कमीका कारण मधुमेहको मात्रा बढ्दै गएको छ।

स्वस्थ आहार, नियमित व्यायाम, धूमपान र मद्यपानबाट टाढा रहनु यस रोगबाट बच्ने प्रभावकारी उपाय हुन्।

विश्व स्वास्थ्य सङ्गठनले मधुमेहको बढ्दो जोखिमलाई रोक्न प्रत्येक देशले दीर्घकालीन स्वास्थ्य नीति निर्माण, जनचेतना अभिवृद्धि र जीवनशैलीमैत्री वातावरण सिर्जना गर्न प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ।

 

तपाईको प्रतिक्रिया