प्रियंकाको नयाँ शो ‘सेलिब्रेटी किचन’ प्रसारण हुँदै
काठमाडौं । मालिन मिडियाको निर्माणमा बनेको बहुप्रतिक्षित टेलिभिजन कार्यक्रम ‘सेलिब्रेटी किचन’ अब हरेक बुधबार राति ९ बजे कान्तिपुर टेलिभिजन तथा ओएसआर रियालिटी नामक युट्युब च्यानल मार्फत प्रसारण हुने भएको छ। अभिनेत्री प्रियंका कार्कीकले संचालन गर्ने यो कार्यक्रमले नेपाली खानाको पहिचान, स्वस्थ जीवनशैली र भान्सासम्बन्धी संस्कारलाई मनोरञ्जनसहित प्रस्तुत गर्ने लक्ष्य राखेको छ।
कार्यक्रममा वरिष्ठ कलाकार, उद्योगपति, हास्य कलाकारदेखि विभिन्न पेशाका चर्चित व्यक्तिहरूलाई एउटै भान्सामा ल्याइनेछ। उनीहरूले प्रियंकाले सेफ प्रकाश कटुवालसँग तयार गर्ने नेपालीदेखि अन्तर्राष्ट्रिय परिकार चाखेर आफ्नो अनुभव साझा गर्नेछन्। कुकिङसँगै जीवनशैली, संस्कार, प्रेरणादायी कथाहरू र हल्का मनोरञ्जनात्मक कुराकानी पनि प्रत्येक एपिसोडको मुख्य आकर्षण हुनेछ।
निर्माता महेश पोखरेलले ‘सेलिब्रेटी किचन’ खाना, संस्कार र प्रेमलाई एकैसाथ जोडेर नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन तयार गरिएको नयाँ ढाँचाको टेलिभिजन कार्यक्रम भएको बताए। कार्यक्रममा डाबर हनी मुख्य प्रायोजक रहेको छ भने लामिनार टाइल्स, ज्ञान राइस, टाटा, विग मार्ट, व्यञ्जन तेल, जोए, याडिया स्कुटर र हिमस्टार समेत सह–प्रायोजकका रूपमा संलग्न छन्।
तपाईको प्रतिक्रिया