शनिबार २३ फाल्गुण २०८२
मनोरन्जन

सुनिल सिंह ठकुरीको नयाँ गीत ‘खुट्टा तान्दै गर’ सार्वजनिक

बुधबार पौष २, २०८२/ Wednesday 12-17-25

काठमाडौं । गायक तथा सर्जक सुनिल सिंह ठकुरीको नयाँ गीत “खुट्टा तान्दै गर” सार्वजनिक भएको छ। प्रेम, व्यंग्य र मनोरञ्जनात्मक भाव समेटिएको उक्त गीत हालै युट्युबमार्फत बजारमा ल्याइएको हो।

गीतमा शब्द, संगीत तथा स्वर स्वयं सुनिल सिंह ठकुरीकै रहेको छ भने एरेन्ज योगेश काजी म्युजिकलले गरेका छन्। गीतको मिक्सिङ र मास्टरिङ मनोज परियारले गरेका हुन्।

गीतको भिडियो निर्देशन गम्भीर बिष्टले गरेका छन्। आकर्षक नृत्य संयोजन रोशन विश्वकर्माको रहेको भिडियोमा सुनिल सिंह ठकुरी र बिना राउतको अभिनय देख्न सकिन्छ।

“खुट्टा तान्दै गर” गीत अरूको प्रगति देख्न नसक्ने, कुरा काट्दै हिँड्ने तथा ईर्ष्यालु प्रवृत्ति भएका साथीभाइलाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गरिएको गायक सुनिल ठकुरी बताउँछन्। समाजमा व्याप्त नकारात्मक सोचप्रति चोटीलो प्रहार गर्दै सकारात्मक सन्देश दिन खोजिएको यस गीतले दर्शक–श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।

उक्त गीत सुनिल सिंह ठकुरी नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

भिडियो हेर्नुहोस्

 

तपाईको प्रतिक्रिया