काठमाडौं । काठमाडौंको तार्केश्वर नगरपालिका-८ मा अवस्थित टुसाल मल्टिभेन्यूले आफ्नो कर्पोरेट पिकनिक उत्साहजनक सहभागितामा सम्पन्न गरेको छ।

शनिबार नुवाकोटको रमणीय स्थान ककनीमा आयोजित कार्यक्रममा टुसालका कर्मचारी, संचालक र जिम सदस्य गरी करिव १०० जनाको सहभागिता रहेको थियो।

पिकनिक कार्यक्रमलाई सम्बोधन गर्दै टुसाल मल्टिभेन्यूका संचालक पुष्कर जंग थापाले टुसालको सफलताको श्रेय सम्पूर्ण कर्मचारी, ग्राहक र सदस्यहरू भएको बताए। उनले आगामी दिनमा थप सुविधाहरू विस्तार गर्ने योजना पनि रहेको जानकारी दिए।

कार्यक्रममा सहभागीहरूले ककनीको प्राकृतिक सुन्दरताको अवलोकन गर्दै विभिन्न परिकारको स्वाद लिँदै मनोरञ्जनात्मक गतिविधिहरूमा सक्रिय सहभागीता जनाएका थिए।

पिकनिक कार्यक्रममा टुसाल मल्टिभेन्यूका संचालक समेत रहेका तार्केश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरी महर्जन, संचालक विजय सापकोट, मनोज तिमिल्सिना र दिपेन्द्र थापा, वडा अध्यक्ष श्याम सापकोटा, हेल्थ क्लबका सदस्य, कर्मचारी, समाजसेवी, कलाकार लगायतले सहभागिता जनाएका थिए।

टुसाल मल्टिभेन्यूले जिम, कार्डियो, साउना, स्टिम, ज्याकुजी, पार्टी प्यालेस, रेस्टुरेन्ट, बार, स्विमिङ पुल जस्ता अत्याधुनिक सुविधाहरू प्रदान गर्दै आएको छ।
तपाईको प्रतिक्रिया