काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले नेपाल आर्थिक पत्रकार समाज (सेजन) का सबै सदस्यलाई स्वास्थ्य तथा सामूहिक दुर्घटना बीमा सुविधा उपलब्ध गराउने भएको छ। प्रत्येक सदस्यले १ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा र ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा पाउनेछन्।
अस्पताल भर्ना हुने वित्तिकै उपचार खर्च बीमाबाट कभर हुनेछ। सामान्य शल्यक्रियामा १५ हजार, आकस्मिक शल्यक्रियामा ३० हजार र ठूला शल्यक्रियामा ४० हजार रुपैयाँसम्म सुविधा पाइनेछ। बेड शुल्क, चिकित्सक शुल्क र औषधि खर्च पनि बीमाभित्र समेटिएको छ।
दुर्घटनाबाट शारीरिक क्षति भएमा अधिकतम ७ लाख रुपैयाँसम्मको कभरेज र उपचार खर्च पनि सोही सीमाभित्र उपलब्ध हुनेछ। यो सुविधा एक वर्षसम्म लागू हुने जनाएको छ।
तपाईको प्रतिक्रिया