महालक्ष्मी विकास बैंकको “माघ महोत्सव” डिजिटल अभियान सुरु
काठमाडौं। महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रवर्द्धन गर्न “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने भएको छ। हरेक वर्ष माघ महिनालाई डिजिटल कारोबार प्रवर्द्धन महिनाका रूपमा मनाउने निर्णयअनुसार बैंकले यो अभियान सुरु गरेको हो।
बैंकका अनुसार दैनिक कुल कारोबारमध्ये करिब ८० प्रतिशत डिजिटल माध्यमबाट हुँदै आएको छ। यसलाई अझ बढाउन बैंकले “महालक्ष्मी स्मार्ट साथी” एपमार्फत मुद्धती खाता खोल्दा सामान्यभन्दा ०.२५ प्रतिशत बढी ब्याजदर दिने व्यवस्था गरेको छ।
अभियानअन्तर्गत भर्चुअल तथा साधारण क्रेडिट कार्ड जारी गर्दा र वार्षिक शुल्कमा १०० प्रतिशत छुट दिइनेछ। डेबिट कार्ड तथा मोबाइल बैंकिङ दर्तामा पनि शुल्क नलाग्ने बैंकले जनाएको छ। स्मार्ट साथी एपमार्फत फार्मेसीको बिल तिर्दा २० प्रतिशत वा बढीमा २०० रुपैयाँसम्म क्यासब्याक पाइनेछ।
यो अभियान माघ महिनाभर लागू हुनेछ। बैंकले यसले डिजिटल सेवा विस्तार, नगद कारोबार घटाउने र सेवामा पहुँच बढाउने विश्वास लिएको छ। देशभर १०३ शाखा रहेको बैंकसँग करिब ८ लाख ग्राहक छन्।
तपाईको प्रतिक्रिया