शनिबार २३ फाल्गुण २०८२
मनोरन्जन

वरिष्ठ अभिनेता सुनिल थापालाई अन्तिम श्रद्धाञ्जली

आइतबार माघ २५, २०८२/ Sunday 02-08-26

काठमाडौं । वरिष्ठ अभिनेता सुनिल थापालाई चलचित्रकर्मी र शुभेच्छुकहरूले आइतबार अन्तिम श्रद्धाञ्जली दिएका छन्। उनका पार्थिव शरीर दिउँसो चलचित्र विकास बोर्डमा राखिएको थियो।

नीर शाह, शम्भुजीत बास्कोटा, कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा लगायत थुप्रै फिल्मकर्मी, संगीतकर्मी र शुभेच्छुकहरूले थापाको शवमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाभाव व्यक्त गरे।

सो अवसरमा बोर्डले बाजा र सलामीसहित उनलाई सम्मान प्रदान गरेको थियो। श्रद्धाञ्जली दिइसकेपछि थापाको शव अन्त्येष्टि गराउन शवयात्रासहित पशुपति आर्यघाटतर्फ लगिँदैछ।

थापाको पार्थिव शरीर सो भन्दा पहिले नर्भिक अस्पतालबाट बोर्डमा ल्याइएको थियो।

अभिनेता थापाका श्रीमती, एक छोरा र एक छोरी छन् । उनको परिवारका सदस्य भारतको मुम्बईमा बस्दै आएका छन् । शनिबार बिहान ६८ वर्षको उमेरमा हृदयघातका कारण उनकाे निधन भएको थियो।

तपाईको प्रतिक्रिया