शुक्रबार ६ चैत २०८२
राजनीति

समानुपातिकबाट निर्वाचित सांसदहरूले पाए प्रमाण पत्र

बिहीबार चैत ५, २०८२/ Thursday 03-19-26

 

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूले आफ्नो प्रमाणपत्र प्राप्त गरेका छन्।

निर्वाचन आयोगले बिहीबार आयोजना गरेको कार्यक्रममा विभिन्न ६ राजनीतिक दलबाट समानुपातिकतर्फ निर्वाचित प्रतिनिधिहरूलाई औपचारिक रूपमा प्रमाणपत्र वितरण सुरु गरेको हो।

यसअघि आयोगले सोमबार ११० जना समानुपातिक सांसदहरूको नामावली सार्वजनिक गरेको थियो। उक्त विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीबाट ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चार/चार जना सांसद निर्वाचित भएका छन्।

प्रमाणपत्र वितरण सम्पन्न भएपछि निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को अन्तिम नतिजासहितको विस्तृत प्रतिवेदन आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने तयारी गरेको जनाएको छ।

यो प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नेपालको संविधान २०७२ को धारा ७६(१) अनुसार नयाँ सरकार गठन प्रक्रिया सुरु गर्न औपचारिक बाटो खुल्नेछ।

तपाईको प्रतिक्रिया