शुक्रबार ६ चैत २०८२
अर्थ

नेप्से परिसूचक ६४.६७ अंकले बढ्यो, २१ अर्बमाथिको कारोबार

बिहीबार चैत ५, २०८२/ Thursday 03-19-26

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। यस दिन नेप्से परिसूचक ६४.६७ अंकले बढेर २८७७.०२ विन्दुमा बन्द भएको छ । 

कारोबार रकममा पनि उल्लेखनीय वृद्धि भएको छ। अघिल्लो दिन १२ अर्बभन्दा बढीको कारोबार भएकोमा बिहीबार २१ अर्ब २२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

कुल ३४२ कम्पनीको कारोबार हुँदा २४० कम्पनीको सेयर मूल्य बढेको छ भने २२ कम्पनीको घटेको र दुई कम्पनीको मूल्य स्थिर रहेको छ। बजारमा सकारात्मक माहोल देखिँदै सबै १३ उपसूचकहरू हरियाली देखिएका छन्। तीमध्ये उत्पादन तथा प्रशोधन समूह सबैभन्दा बढी १८३.६० अंकले उक्लिएको छ।

कारोबारका हिसाबले ङादी ग्रुप पावरको सबैभन्दा धेरै ६७ करोड रुपैयाँको सेयर किनबेच भएको छ। त्यस्तै सेयर संख्या आधारमा अपर तामाकोसीको २५ लाखभन्दा बढी कित्ता कारोबार भएको छ।

यस दिन पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र होटेल फरेस्ट इनका लगानीकर्ताले सबैभन्दा धेरै लाभ हासिल गरेका छन्।

तपाईको प्रतिक्रिया