शुक्रबार ६ चैत २०८२
राजनीति

कांग्रेस सभापति थापाले दिए राजीनामा

बिहीबार चैत ५, २०८२/ Thursday 03-19-26

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नासहित पार्टीका शीर्ष पदाधिकारीहरू पराजित भएपछि गगन थापाले नैतिक जिम्मेवारी स्वीकार गर्दै नेपाली कांग्रेसको सभापति पदबाट राजीनामा दिएका छन्।

थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मासमक्ष आफ्नो राजीनामा बुझाएको जानकारी प्राप्त भएको छ।

पार्टीभित्र चुनावी परिणामको समीक्षा गर्न केन्द्रीय समिति बैठक बोलाइएपछि उनले पद त्याग गर्ने निर्णय गरेका हुन्। निर्वाचनमा थापा सर्लाही–४ निर्वाचन क्षेत्रबाट पराजित भएका थिए।

निर्वाचनपछि काठमाडौं फर्किएलगत्तै थापाले उपसभापति शर्मासँग भेट गर्दै पराजयको जिम्मेवारी आफूले लिने र पदबाट हट्ने इच्छा व्यक्त गरेका थिए। तर, शर्माले तत्काल राजीनामा नदिन सुझाव दिएका थिए।

तपाईको प्रतिक्रिया