शुक्रबार ६ चैत २०८२
राजनीति

राष्ट्रपति पौडेल समक्ष निर्वाचन प्रतिवेदन २०८२ पेस

बिहीबार चैत ५, २०८२/ Thursday 03-19-26

काठमाडौं । निर्वाचन आयोग नेपालले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को अन्तिम प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ। बिहीबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले उक्त प्रतिवेदन बुझाएका हुन्।

सो अवसरमा राष्ट्रपति पौडेलले चुनौतीपूर्ण परिस्थितिका बाबजुद पनि निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा सन्तोष व्यक्त गरे। उनले निर्वाचन प्रक्रिया सफल बनाउन योगदान पुर्‍याउने आयोग, सरकारी कर्मचारी तथा सम्पूर्ण सम्बद्ध पक्षप्रति आभार प्रकट गरे।

राष्ट्रपति पौडेलले उक्त निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको उल्लेख गर्दै यसले निर्वाचन प्रणालीप्रति जनविश्वास थप मजबुत बनाएको र लोकतन्त्र सुदृढ भएको अनुभूति भएको बताएका छन्।

तपाईको प्रतिक्रिया