बिहीबार १० बैशाख २०८३
बिजनेस

महालक्ष्मी विकास बैंकद्वारा डिजिटल क्यालेन्डर सार्वजनिक

आइतबार चैत १५, २०८२/ Sunday 03-29-26

काठमाडौँ । महालक्ष्मी विकास बैंकले “महालक्ष्मी क्यालेन्डर २०८३” को डिजिटल संस्करण सार्वजनिक गरेको छ। बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा आयोजित कार्यक्रममा उक्त क्यालेन्डर सार्वजनिक गरिएको हो।

परम्परागत रूपमा प्रकाशन हुँदै आएको क्यालेन्डरलाई आधुनिक प्रविधिसँग जोड्दै डिजिटल स्वरूपमा ल्याइएको बैंकले जनाएको छ। डिजिटल क्यालेन्डरमा चाडपर्व, तिथि, बिदा, शुभसाइत लगायत विक्रम संवत्, नेपाल संवत् र इस्वी संवत्का मितिहरू समावेश गरिएको छ।

बैंकका अनुसार नयाँ संस्करण प्रयोगकर्तामैत्री हुनुका साथै नेपाली संस्कृति प्रवर्द्धनमा पनि सहयोग पुग्ने विश्वास लिइएको छ। उक्त क्यालेन्डर स्क्यान वा डाउनलोडमार्फत सहजै प्रयोग गर्न सकिनेछ।

महालक्ष्मी विकास बैंकले देशभर १०० भन्दा बढी शाखामार्फत लाखौँ ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ।

तपाईको प्रतिक्रिया