काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राज कुमार अर्याल पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई पुतलीसडकबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, कर्मचारीलाई छुट्याइएको सेयर बाँडफाँटमा किर्ते गरिएको आरोप मा अनुसन्धानका लागि अर्याललाई पक्राउ गरिएको हो।
यस प्रकरणमा नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रारम्भिक अध्ययनपछि कर्मचारी सेयर वितरण प्रक्रियामा अनियमितता तथा किर्तेसम्बन्धी आशंका देखिएको निष्कर्षसहित अनुसन्धान प्रतिवेदन सीआईबीमा पठाएको थियो। सोही प्रतिवेदनका आधारमा सीआईबीले थप अनुसन्धान अघि बढाउँदै अर्याललाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। यस प्रकरणले बीमा क्षेत्रभित्रको आन्तरिक सुशासन, सेयर बाँडफाँट प्रक्रिया र नियामकीय निगरानी माथि समेत प्रश्न उठाएको छ।
तपाईको प्रतिक्रिया