बिजनेस
आज काठमाडौँका यी क्षेत्रमा ४ घण्टा विद्युत् कटौती हुने
शनिबार चैत २१, २०८२/ Saturday 04-04-26
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका केही क्षेत्रमा अस्थायी रूपमा विद्युत् कटौती गर्ने जनाएको छ।
प्राधिकरणका अनुसार जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्ने कार्यका लागि बानेश्वर वितरण केन्द्रअन्तर्गत इमाडोल फिडरबाट आपूर्ति हुने क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने भएको हो।
आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म नरेफाट, सिसिआरसी कलेज आसपास र सूर्यकोटमार्ग क्षेत्रमा बिजुली कटौती हुने सूचनामा उल्लेख छ।
प्राधिकरणले ११ केभी क्षमताका पोल परिवर्तन गर्नुपर्ने भएकाले सेवा प्रभावित हुने जनाएको छ। साथै, यसबाट पर्न जाने असुविधाप्रति क्षमायाचना पनि गरेको छ।
तपाईको प्रतिक्रिया