बिहीबार १० बैशाख २०८३
प्रवास

यूएई घटनामा घाइते ७ नेपालीमध्ये ६ डिस्चार्ज, एकको अवस्था खतरामुक्त

शनिबार चैत २१, २०८२/ Saturday 04-04-26

काठमाडौं। यूएईको राजधानी अबु धाबीको अबजान क्षेत्रमा शुक्रबार क्षेप्यास्त्रको भग्नावशेष खस्दा घाइते भएका ७ नेपालीमध्ये ६ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

अबु धाबीस्थित नेपाली राजदूतावासले शनिबार विज्ञप्ति जारी गर्दै गम्भीर भनिएका एक नेपालीको अवस्था पनि अहिले खतरामुक्त रहेको जनाएको छ। उनी अझै अस्पतालमा उपचाररत रहे पनि छिट्टै डिस्चार्ज हुने सम्भावना रहेको बताइएको छ।

दूतावासले घाइतेहरूको सहयोग र समन्वयमा निरन्तर काम भइरहेको जनाएको छ। साथै यूएईमा रहेका नेपालीलाई सरकारी सुरक्षा निर्देशन पालना गर्न, आधिकारिक सूचना मात्र विश्वास गर्न र सतर्क रहन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया