बिहीबार १० बैशाख २०८३
बिजनेस

टुसालको नयाँ वर्ष धमाका : वार्षिक प्याकेजदेखि ‘रिफर ३, पे जिरो’सम्म आकर्षक अफर

आइतबार चैत २२, २०८२/ Sunday 04-05-26

काठमाडौं । नेपाली नयाँ वर्ष २०८३ को अवसरमा टुसाल मल्टिभेन्यूले फिटनेसप्रेमीहरूका लागि आकर्षक अफर सार्वजनिक गरेको छ। नयाँ वर्षलाई लक्षित गर्दै सुरु गरिएको यस विशेष अफरअन्तर्गत वार्षिक सदस्य बन्दा टुसालका सम्पूर्ण फिटनेश एण्ड वेलनेस सेवा मात्र ५५ हजार रुपैयाँमै उपलब्ध हुनेछन्।

टुसाल मल्टिभेन्यूका मार्केटिङ म्यानेजर प्रिन्स तिमिल्सिनाले नयाँ वर्षको अवसरमा चैत २३ गतेदेखि वैशाख १ गतेसम्म मात्र यो अफर लागू हुने जानकारी दिए। उनका अनुसार यसअघि पुरुषतर्फ ८५ हजार रुपैयाँमा उपलब्ध जिम, साउना, स्टिम, ज्याकुजी, स्वीमिङ लगायतका सम्पूर्ण सुविधा अब नयाँ वर्षको विशेष अफरअन्तर्गत ५५ हजार रुपैयाँमै प्राप्त गर्न सकिनेछ।

त्यस्तै, महिलातर्फको वार्षिक सदस्यता ७५ हजार रुपैयाँबाट घटाएर ४५ हजार रुपैयाँ मा उपलब्ध गराइएको उनले बताए।


टुसालले सार्वजनिक गरेको उक्त प्याकेजमा १२ महिनाको पूर्ण जिम-कार्डियो, डाइट काउन्सिलिङ, स्वीमिङ, साउना, स्टिम र ज्याकुजी सुविधा, पुरुष तथा महिला प्रशिक्षक, निःशुल्क लकर सुविधा तथा रेस्टुरेन्टमा १५ प्रतिशत छुट समेत समावेश गरिएको छ।

यसैगरी, टुसालले मासिक सदस्यतामा पनि विशेष अफर ल्याएको छ। जसअनुसार पुरुषतर्फ ३ हजार ९ सय ९९ रुपैयाँ प्रतिमहिना र महिलातर्फ २ हजार ४ सय ९९ रुपैयाँ प्रतिमहिना सदस्यता शुल्क तोकिएको छ।

मासिक अफरअन्तर्गत सदस्यहरूले पूर्ण जिम- कार्डियो सुविधा, हप्तामा एकपटक गाइडेड सेसन, पुरुष तथा महिला प्रशिक्षक, डाइट काउन्सिलिङ, साथै एकपटक निःशुल्क स्वीमिङ (शनिबार बाहेक) र महिनामा एकपटक साउना, ज्याकुजी तथा स्टिम सुविधा प्राप्त गर्नेछन्।

यसका अतिरिक्त, टुसालले ६ महिनाको जिम-कार्डियो प्याकेज लिँदा १ महिना निःशुल्क तथा १ वर्षको योजना लिँदा ३ महिना निःशुल्क दिने घोषणा गरेको छ। अझ आकर्षक रूपमा ‘रिफर ३, पे जिरो’ योजना समेत ल्याइएको छ, जसअन्तर्गत तीन जना नयाँ सदस्य सिफारिस गर्नेले सोही सुविधा निशुल्क पाउने व्यवस्था गरिएको छ।

तार्केश्वर नगरपालिका ०८ मा अवस्थित टुसाल मल्टिभेन्यूले जिम-कार्डियो, साउना, स्टिम, ज्याकुजी, स्विमिङपुल, कफिसप, रेस्टुरेण्ट, बार, पार्टी प्यालेस जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ। 

 

तपाईको प्रतिक्रिया