काठमाडौँ । आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेर २ लाख ९७ हजार १०० रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार सुनको मूल्य २ हजार २०० रुपैयाँले बढ्दै २ लाख ९६ हजार ९०० रुपैयाँ कायम भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि आज उकालो लागेको छ। चाँदी तोलामा १५ रुपैयाँले बढेर ४ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार भने चाँदीको भाउ ४ हजार ९६० रुपैयाँ रहेको थियो।
तपाईको प्रतिक्रिया