काठमाडौँ । प्रख्यात भारतीय गायिका आशा भोसले को ९२ वर्षको उमेरमा निधन भएको छ। केही महिनादेखि अस्वस्थ रहँदै आएकी उनलाई शनिबार मुटु तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो।
गम्भीर अवस्थामा अस्पताल पुर्याइएकी भोसलेलाई सघन उपचार कक्षमा राखेर उपचार गरिँदै आएकोमा शनिबार राति उनको निधन भएको हो। उनका छोरा आनन्दले आइतबार दिउँसो निधनको पुष्टि गरेका छन् भने भारतीय सञ्चारमाध्यमहरूले पनि उक्त समाचार सार्वजनिक गरेका छन्।
सात दशकभन्दा लामो सांगीतिक यात्रामा उनले हजारौँ गीत गाएकी थिइन्, जसले भारतीय मात्र होइन, विश्व संगीत क्षेत्रमा समेत गहिरो प्रभाव पारेको थियो। उनका गीतहरू आज पनि विभिन्न पुस्तामाझ उत्तिकै लोकप्रिय छन्।
उनको निधनसँगै भारतीय संगीत क्षेत्रले एक महत्वपूर्ण युग गुमाएको छ। परिवारका अनुसार, उनको अन्त्येष्टि सोमबार गरिनेछ।
तपाईको प्रतिक्रिया