बिहीबार १० बैशाख २०८३
बिजनेस

तार्केश्वरको टुसाल मल्टिभेन्यूमा हरेक शनिबार ‘टुसाल कार्निभल’ सुरु हुँदै

बिहीबार बैशाख ३, २०८३/ Thursday 04-16-26

काठमाडौं। तार्केश्वर नगरपालिका–८ स्थित टुसाल मल्टिभेन्यूमा अबदेखि हरेक शनिबार लाइभ डिजे र फुड स्टलसहितको ‘टुसाल कार्निभल’ नियमित रूपमा आयोजना गरिने भएको छ।

साताको अन्तिम दिन परिवार तथा साथीभाइसँगको समयलाई थप रमाइलो, उत्साहपूर्ण र स्मरणीय बनाउन उद्देश्यसहित ‘टुसाल कार्निभल’ सञ्चालन गर्न लागिएको टुसालका मार्केटिङ म्यानेजर प्रिन्स तिमिल्सिनाले बताए। शनिबार शहरभित्रै छुट्टी मनाउने आकर्षक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित कार्निभलको अवधारणा अघि सारिएको उनले जानकारी दिए।

कार्निभलमा विभिन्न मनोरञ्जनात्मक गतिविधि तथा फुड स्टलहरू समेटिनेछन्। जसअन्तर्गत पौडीको सुविधा, विविध परिकारसहितका खानाका स्टल, बालबालिकाका लागि कटन क्यान्डी, बबल टी, आइसक्रिम, साथै प्रत्यक्ष सांगीतिक प्रस्तुति र डिजे कार्यक्रम प्रमुख आकर्षण रहनेछन्।


जिम–कार्डियो, साउना, स्टिम, ज्याकुजी, स्विमिङ पुल, कफिसप, रेस्टुरेन्ट, बार तथा पार्टी प्यालेस जस्ता सुविधाहरू उपलब्ध गराउँदै आएको टुसाल मल्टिभेन्यू पछिल्लो समय चलचित्र तथा म्युजिक भिडियो छायांकनका लागि पनि पहिलो रोजाइ बन्दै गएको छ।

परिवार, बालबालिका, युवा तथा साथीभाइ सबैलाई लक्षित गरी तयार पारिएको यो कार्यक्रमले राजधानीभित्रै गुणस्तरीय मनोरञ्जनको नयाँ विकल्प दिने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया