शनिबार १२ बैशाख २०८३
बिश्वो

मुनीर–गालिबाफ भेट : युद्ध अन्त्यका लागि शान्ति पहलमा जोड

बिहीबार बैशाख ३, २०८३/ Thursday 04-16-26

तेहरान । पाकिस्तानका सेना प्रमुख असिम मुनीरले इरान भ्रमणका क्रममा इरानी संसदका सभामुख मोहम्मद बाघर गालिबाफसँग भेट गरेका छन्।

भेटमा अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्यका लागि वार्ता, शान्ति पहल र थप समन्वयबारे छलफल भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ। इस्लामाबादमा भएको पहिलो चरणको वार्ता निष्कर्षविहीन रहे पनि अर्को चरणको वार्ता हुने सम्भावना रहेको बताइएको छ।

लामो समयदेखि जारी तनावपछि गालिबाफलाई इरानको प्रमुख वार्ताकारका रूपमा हेरिएको छ भने पाकिस्तानले शान्ति प्रक्रियामा सक्रिय भूमिका खेल्ने संकेत गरेको छ।

 

तपाईको प्रतिक्रिया