बिहीबार १० बैशाख २०८३
राजनीति

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

बुधबार बैशाख ९, २०८३/ Wednesday 04-22-26

काठमाडौं । राष्ट्रपतिले संघीय संसद्‌को नयाँ अधिवेशन आह्वान गरेका छन्। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको बैठक बोलाएका हुन्।

यो अधिवेशनलाई बजेट अधिवेशनका रूपमा लिइन्छ। संवैधानिक व्यवस्थाअनुसार सरकारले प्रत्येक वर्ष जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संसद्‌मा प्रस्तुत गर्नुपर्ने हुन्छ। त्यसअघि परम्पराअनुसार प्रि-बजेट छलफलसमेत सञ्चालन गरिनेछ।

तपाईको प्रतिक्रिया