तनहुँ। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
मृतकहरूको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिएका छन्। पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग२ख १८३६ नम्बरको यात्रुवाहक बस चालकले नियन्त्रण गुमाउँदा सडकमा पल्टिएर दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका २७ जनालाई शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल र अन्नपूर्ण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
यसैबीच, तीन जनाको सोही केन्द्रमा उपचार भइरहेको छ भने एक जना सामान्य घाइतेलाई घर पठाइएको छ। घाइतेमध्ये नौ जनाको अवस्था गम्भीर, १४ जनाको मध्यम र पाँच जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया