शुक्रबार ११ बैशाख २०८३
राजनीति

शैक्षिक संस्थाबाट दलीय संगठन तत्कालै हटाउन प्रधानमन्त्री शाहको निर्देशन

सोमबार बैशाख ७, २०८३/ Monday 04-20-26

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय तथा स्वास्थ्य शैक्षिक संस्थामा रहेका दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना तत्काल हटाउन उपकुलपतिहरूलाई कडा निर्देशन दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपकुलपतिहरूसँग भएको छलफलमा उनले शैक्षिक क्षेत्रमा राजनीति पूर्ण रूपमा निषेध हुनुपर्ने स्पष्ट पार्दै कुनै पनि ऐन बाधक नहुने बताए। राजनीतिक गतिविधि गर्न चाहनेले पेसागत जिम्मेवारी छोडेर राजनीतिमा लाग्न उनले सुझाव दिए।

उपकुलपतिहरूले केही स्थानमा सुरक्षा चुनौती र विद्यार्थी राजनीतिका कारण समस्या रहेको बताएका थिए। यसमा प्रधानमन्त्रीले आवश्यक सुरक्षा र सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै नडराई काम गर्न आग्रह गरे।

साथै, उनले शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्न र परीक्षाको नतिजा एक महिनाभित्र प्रकाशन गर्न निर्देशन दिएका छन्।

 

तपाईको प्रतिक्रिया