शुक्रबार ११ बैशाख २०८३
बिजनेस

एनएमबी बैंकले पायो ‘एसटीपी अवार्ड २०२५

शुक्रबार बैशाख ११, २०८३/ Friday 04-24-26

काठमाडौं। एनएमबी बैंकले अन्तर्राष्ट्रिय भुक्तानी सेवा क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै ‘एसटीपी अवार्ड २०२५’ प्राप्त गरेको छ। उक्त अवार्ड जर्मनीस्थित कमर्जबैंकद्वारा प्रदान गरिएको हो।

यो अवार्ड अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा उच्च मान्यता प्राप्त सम्मानका रूपमा लिइन्छ। पूर्ण रूपमा स्वचालित तथा सरल ढंगले अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदान गर्ने सीमित बैंकहरूलाई मात्र यो अवार्ड प्रदान गरिन्छ।

बैंकका अनुसार यस उपलब्धिले एनएमबी बैंकको प्राविधिक दक्षता, कार्यगत अनुशासन तथा छिटो र भरपर्दो सेवा प्रदान गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ।

यस अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले ग्राहकका लागि अन्तर्राष्ट्रिय बैंकिङ सेवा सहज बनाउने निरन्तर प्रयासको परिणामस्वरूप यो उपलब्धि हासिल भएको बताएका छन्। उनले उच्च मापदण्ड कायम राख्दै सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको उल्लेख गरे।

यो उपलब्धिले एनएमबी बैंकलाई व्यापार, लगानी तथा विश्वव्यापी वित्तीय पहुँचका लागि एक विश्वसनीय साझेदारका रूपमा थप स्थापित गरेको बैंकले जनाएको छ।

हाल बैंकले देशभर १९० भन्दा बढी शाखा, १६० भन्दा बढी एटीएम तथा विभिन्न एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ।

 

तपाईको प्रतिक्रिया