काठमाडौँ । नेकपा (एमाले) ले प्रतिनिधि सभाको प्रमुख सचेतक पदमा ऐन बहादुर महरालाई नियुक्त गरेको छ।
एमाले संसदीय दलका नेता राम बहादुर थापा मगरले सङ्घीय संसदीय दलको विधान २०७७ अनुसार शुक्रबारदेखि लागू हुने गरी महरालाई उक्त जिम्मेवारी दिएका हुन्।
जारी नियुक्तिपत्रमा महराले प्रमुख सचेतकको भूमिकामा आफ्नो जिम्मेवारी इमान्दारीका साथ पूरा गर्ने विश्वास व्यक्त गरिएको छ।
यस मनोनयनबारे एमालेले सङ्घीय संसद सचिवालयलाई जानकारी गराइसकेको छ। साथै, सचेतक पदमा निता घतानीलाई जिम्मेवारी दिइएको छ।
तपाईको प्रतिक्रिया