खेलकुद
यूएईविरुद्ध टी-२० आई शृंखला: दीपेन्द्रको कप्तानीमा नेपाली टोली घोषणा
शुक्रबार बैशाख ४, २०८३/ Friday 04-17-26
काठमाडौं । यूएईविरुद्ध सोमबार र मंगलबार त्रिवि क्रिकेट मैदानमा हुने टी-२० आई शृंखलाका लागि नेपाली टोली घोषणा गरिएको छ।
दीपेन्द्र सिंह ऐरीको कप्तानीमा सार्वजनिक टोलीमा कुशल मल्ल र अर्जुन साउदले पुनरागमन गरेका छन्। साथै सन्तोष यादव र हेमन्त धामीले पनि स्थान बनाएका छन्।
टी-२० आई टोलीको कप्तानी दीपेन्द्रले गर्नेछन् भने एकदिवसीय टोलीको नेतृत्व रोहित पौडेलले सम्हाल्नेछन्। तर, रोहित भने यस १५ सदस्यीय टी-२० आई टोलीमा परेका छैनन्।
तपाईको प्रतिक्रिया