काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. ओजस्वी शेरचन निर्वाचित भएकी छन्।
आज सम्पन्न निर्वाचनमा उनले एमालेका उम्मेदवार गुरु बराललाई पराजित गर्दै जित हासिल गरेकी हुन्।
बराललाई कांग्रेस र नेकपाको समर्थन रहे पनि आवश्यक मत जुटाउन नसक्दा उनी पराजित भएका हुन्।
समितिको बैठक ज्येष्ठ सदस्य महावीर पुनको अध्यक्षतामा सम्पन्न भएको थियो।
तपाईको प्रतिक्रिया