खेलकुद
आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीः नेपाल आज अमेरिकासँग भिड्दै
शनिबार बैशाख ५, २०८३/ Saturday 04-18-26
काठमाडौँ । आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफी अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेलमा अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार साँझ पौने ५ बजे रुवान्डामा सुरु हुनेछ।
नेपालको महिला टोलीले पहिलो पटक रुवान्डामा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो। प्रतियोगितामा नेपाल र अमेरिकासहित इटाली, रुवान्डा र भानुआतु सहभागी छन्। सबै टोलीले एक–अर्कासँग दुई पटक खेल्नेछन् भने अंक तालिकामा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।
आईसीसीले पहिलो पटक आयोजना गरेको यो प्रतियोगिता आजदेखि सुरु भई वैशाख १८ गतेसम्म चल्नेछ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले गत बुधबार बिदाइ गरेको थियो।
तपाईको प्रतिक्रिया