शिक्षा
क्याम्पसभित्र दलीय संगठन निषेध, वैकल्पिक संयन्त्र ल्याइने
आइतबार बैशाख ६, २०८३/ Sunday 04-19-26
काठमाडौं । सरकारले विश्वविद्यालय परिसरभित्र रहेका दलीय विद्यार्थी संगठनका संरचना हटाउने निर्णय गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको उपस्थितिमा उपकुलपतिहरूको बैठकले संगठनलाई कार्यालयका लागि कोठा, भवन वा जमिन नदिने सहमति गरेको हो। साथै, क्याम्पसभित्र रहेका ब्यानर, झण्डा र भित्ते लेखन तत्काल हटाइनेछ।
विश्वविद्यालयका ऐन तथा नियमावलीमा भएका दलीय संगठनसम्बन्धी व्यवस्था खारेज वा संशोधन गर्ने निर्णय गरिएको छ। त्यसको सट्टा ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ जस्ता वैकल्पिक संयन्त्र विकास गरिनेछ।
निर्णय कार्यान्वयनका क्रममा सुरक्षा चुनौती आएमा सुरक्षा निकायसँग समन्वय गरिने जनाइएको छ।
तपाईको प्रतिक्रिया