बिहीबार १० बैशाख २०८३
खेलकुद

यूएईसँग नेपाल ६ विकेटले पराजित

सोमबार बैशाख ७, २०८३/ Monday 04-20-26

काठमाडौं । यूएईसँगको पहिलो टी–२०आई खेलमा नेपाल ६ विकेटले पराजित भएको छ।

त्रिवि क्रिकेट मैदानमा वर्षापछि डिएल मेथडमार्फत यूएईले १० ओभरमा ७८ रनको लक्ष्य पाएको थियो, जसलाई ७ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्‍यो।

यूएईका कप्तान मोहम्मद वासिमले ३३ रन बनाए। नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए।

यसअघि नेपालले १८.५ ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको थियो। दोस्रो खेल मंगलबार हुनेछ।

 

तपाईको प्रतिक्रिया