बिहीबार १० बैशाख २०८३
समाज

सीमा क्षेत्रमा कडाइ गरेर जनतालाई दुःख नदिन संसदीय समितिको निर्देशन

बुधबार बैशाख ९, २०८३/ Wednesday 04-22-26

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले सीमा क्षेत्रमा सर्वसाधारणले भोगिरहेका समस्याप्रति गम्भीर चासो व्यक्त गर्दै सरकारलाई तत्काल सुधार गर्न निर्देशन दिएको छ।

भारतबाट ल्याइने एक सय रुपैयाँभन्दा बढी मूल्यका दैनिक उपभोग्य सामानमा समेत भन्सार लागू गरिँदा स्थानीय नागरिकलाई अनावश्यक दुःख भएको निष्कर्ष निकाल्दै समितिले यस्तो व्यवस्था तुरुन्त खारेज गर्न आग्रह गरेको हो।

समितिका सभापति कृष्णप्रसाद पौडेलले सीमा क्षेत्रका बासिन्दाको दैनिकी र आधारभूत आवश्यकतालाई नजरअन्दाज गर्दै कडाइ गरिएको भन्सार नीति अव्यावहारिक भएको बताए।

बैठकका क्रममा सदस्यहरूले सीमा क्षेत्रमा देखिएको समस्याबारे गम्भीर रूपमा ध्यानाकर्षण गराएका थिए। त्यसपछि सांसदहरूको सुझावका आधारमा समितिले सरकारले उक्त निर्णय फिर्ता लिनुका साथै सर्वसाधारणलाई परेको दुःख हटाउन तुरुन्त पहल गर्नुपर्ने निर्णय गरेको सभापति पौडेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया