बिहीबार १० बैशाख २०८३
राजनीति

रविविरुद्ध मुद्दाको सुनुवाइ महान्यायाधिवक्ता कार्यालयले गर्‍यो स्थगित

बिहीबार बैशाख १०, २०८३/ Thursday 04-23-26

 काठमाडौं । रवि लामिछाने विरुद्धको मुद्दा संशोधनसम्बन्धी निर्णयलाई चुनौती दिँदै दायर गरिएको रिट निवेदनको सुनुवाइ बिहीबारका लागि तोकिएको भए पनि स्थगित गरिएको छ।

महान्यायाधिवक्ता कार्यालयले सुनुवाइ सार्न आग्रह गर्दै दिएको निवेदनका आधारमा आजको पेशी रोकिएको हो।

यसअघि उक्त मुद्दा न्यायाधीशहरू नृपध्वज निरौला, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेल सम्मिलित इजलासमा पेश हुने तय भएको थियो।

मुद्दा संशोधनको निर्णयविरुद्ध सर्वोच्च अदालत मा तीनवटा छुट्टाछुट्टै रिट निवेदन दर्ता भएका छन्। प्रारम्भिक सुनुवाइका क्रममा संयुक्त इजलासका दुई न्यायाधीशले विषयमा गम्भीर कानुनी जटिलता देखिएको भन्दै यसलाई तीन सदस्यीय पूर्ण इजलासमा पठाउने आदेश दिएका थिए।

त्यसपछि सर्वोच्च अदालतले पहिलोपटक बिहीबारका लागि सुनुवाइ मिति तोकेको थियो, तर अन्ततः उक्त सुनुवाइ स्थगित भएको छ।

तपाईको प्रतिक्रिया