बिहीबार १० बैशाख २०८३
अर्थ

नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो

बिहीबार बैशाख १०, २०८३/ Thursday 04-23-26

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक बिहीबार पनि ओरालो लागेको छ। अघिल्लो दिन सामान्य २.९५ अंकले घटेको बजार यस दिन १७.०१ अंकले थप घटेको हो।

कारोबार रकममा पनि कमी देखिएको छ। बुधबार करिब ७ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार घटेर करिब ५ अर्ब ९ करोड रुपैयाँमा सीमित भएको नेप्सेले जनाएको छ।

समूहगत रूपमा हेर्दा उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड र व्यापार समूह बाहेक अन्य सबै सूचकहरूमा गिरावट आएको छ। विशेषगरी निर्जीवन बिमा समूहमा सबैभन्दा ठूलो गिरावट देखिएको छ, जसको सूचक १३१.४० अंक अर्थात् १.१९ प्रतिशतले घटेको छ।

यद्यपि, केही कम्पनीका सेयर मूल्य भने उल्लेखनीय रूपमा बढेका छन्। पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्ट का सेयरमा सकारात्मक सर्किट लागेको छ।

उता सूर्यकुण्ड हाइड्रो का लगानीकर्ताले भने करिब ११.७९ प्रतिशतसम्मको घाटा बेहोर्नुपरेको छ।

तपाईको प्रतिक्रिया