राजनीति
आइसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक श्रृंखला आजदेखि सुरुः नेपाल र युएई भिड्दै
शनिबार बैशाख १२, २०८३/ Saturday 04-25-26
काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खला आजदेखि सुरु हुँदैछ। नेपालले पहिलो खेलमा यूएईसँग बिहान ९ः३० बजे त्रिवि मैदान, कीर्तिपुरमा प्रतिस्पर्धा गर्नेछ।
नेपाल र यूएईबीच यसअघि भएका एकदिवसीय खेलमा नेपालले सामान्य अग्रता राखेको छ। नेपाल २० खेलबाट १२ अङ्कसहित सातौँ स्थानमा रहेकाले शीर्ष ६ मा पर्न अबका ८ खेलमध्ये कम्तीमा ५ जित्नुपर्ने दबाबमा छ।
यस शृङ्खलामा नेपालले ओमानसँग पनि खेल्नेछ भने त्यसपछि हुने अर्को शृङ्खलामा अमेरिका र स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ। सबै खेल त्रिवि मैदानमा बिहान ९ः३० बजे हुनेछन्।
तपाईको प्रतिक्रिया