शनिबार १२ बैशाख २०८३
समाज

सुकुम्बासीलाई दुई दिन सरकारलेनै खाना उपलब्ध गराउने

शनिबार बैशाख १२, २०८३/ Saturday 04-25-26

काठमाडौँ । सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावितलाई ‘साइट’मै व्यवस्थापन र राहत उपलब्ध गराइने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

शनिबार बिहानदेखि खटिएको टोलीले बस्ती हटाउने कामसँगै तत्काल खाना वितरण सुरु गरेको विज्ञप्तिमा उल्लेख छ। स्थानान्तरण हुनेहरूका लागि शनिबार र आइतबार सरकारले प्याकेट खाना उपलब्ध गराउने व्यवस्था गरिएको छ।

पुनःस्थापनाका लागि छनोट गरिएका स्थानहरूमा पानी, बिजुली र शौचालयको सुविधा तयार पारिसकिएको जनाइएको छ। यसअघि निर्माण गरिएका संरचनाहरूलाई नै अहिले वास्तविक सुकुम्बासी व्यवस्थापनका लागि पूर्ण रूपमा प्रयोगमा ल्याइने तयारी गरिएको छ।

 

तपाईको प्रतिक्रिया