सुकुमवासीको नाममा व्यापार: मासिक ८ हजारसम्म भाडा लिएको तथ्य सार्वजनिक
काठमाडौं। सुकुमवासीको नाममा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका बस्तीमा मासिक ८ हजार रुपैयाँसम्म भाडा असुल्ने गरिएको तथ्य सार्वजनिक भएको छ। सरकारले अवैध संरचना हटाउन डोजर चलाएपछि यस्तो गतिविधि बाहिर आएको हो।
थापाथली र शान्तिनगर क्षेत्रमा बनेका टहरामा बस्दै आएका केही व्यक्तिहरूले आफूहरू भाडामा बसेको बताएका छन्। स्थानीयका अनुसार केही व्यक्तिले टहरा निर्माण गरी भाडामा लगाउने र मासिक रकम उठाउने गरेका थिए।
शान्तिनगरका एक व्यवसायीले पाँच वर्षदेखि त्यहाँ बस्दै आएको र मासिक ८ हजार रुपैयाँ भाडा तिर्दै आएको बताए। यस्तै, थापाथली क्षेत्रमा पनि मासिक ४ हजार रुपैयाँसम्म भाडा असुल्ने गरिएको गुनासो आएको छ।
डोजर अभियान सुरु भएसँगै कतिपय भाडामा बस्नेहरू सामान लिएर अन्यत्र सरेका छन् भने वास्तविक सुकुमवासी सरकारको सम्पर्कमा आउन थालेका छन्।
सरकारले सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिँदै थापाथलीपछि तीनकुने गैह्रीगाउँ क्षेत्रमा पनि संरचना हटाउने काम तीव्र बनाएको छ।
तपाईको प्रतिक्रिया