नेपाल उद्योग वाणिज्य महासङ्घ चुनावः को-को भए विजयी?
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्व चयनका लागि हिजो सम्पन्न मतदानको मतगणना जारी रहेको छ।
महासङ्घको ६०औँ वार्षिक साधारणसभाअन्तर्गत हिजो नयाँ कार्यसमिति चयनका लागि मतदान भएको थियो। हालसम्म जिल्ला–नगर खुलातर्फको नतिजा सार्वजनिक भइसकेको छ।
उक्त समूहबाट अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, दासुराज पोखरेल, ताराबहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की, मञ्जुकुमारी श्रेष्ठ कोजु, मोहनप्रसाद श्रेष्ठ, युवराज राजभण्डारी, राजु न्यौपाने, लक्ष्मणराज पौडेल, लालीमान बुढा, विष्णुप्रसाद थपलिया, शङ्कर गिरी र शिवप्रसाद मानन्धर निर्वाचित भएका छन्।
त्यसैगरी सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल पनि विजयी भएका छन्। द्विराष्ट्रिय सदस्यतर्फ मनोज पौडेल निर्वाचित भएका छन्।
अन्य पदहरूको मतगणना भने जारी छ। महासङ्घका ७३ पदका लागि कुल १३७ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
महासङ्घको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्ने व्यवस्था रहेको छ। बाँकी चार उपाध्यक्षसहित ७३ पदका लागि मतदान भएको हो।
तपाईको प्रतिक्रिया