शनिबार ६ असार २०८३
बिश्वो

इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति

शनिबार असार ६, २०८३/ Saturday 06-20-26

काठमाडौँ । इजरायल र हिजबुल्लाहबीच नयाँ युद्धविरामको सहमति भएको अमेरिकी अधिकारीहरूले बताएका छन्। दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण र हिजबुल्लाहको प्रतिआक्रमणपछि युद्धविराम घोषणा भए पनि दुवै पक्षबीच तनाव कायम रहेको छ।

इजरायली सेनाले युद्धविराम लागू भएको पुष्टि गरेको छ भने हिजबुल्लाहले औपचारिक प्रतिक्रिया दिएको छैन। युद्धविरामपछि पनि लेबनानमा इजरायली हवाई आक्रमण जारी रहेको बताइएको छ।

अमेरिका, इरान, इजरायल र लेबनानबीचको तनावका बीच आगामी हप्ता वासिङ्टनमा शान्ति वार्ता हुने तयारी छ। लेबनानी नेतृत्वले भने आफ्नो भूमिमा इजरायली आक्रमण पूर्ण रूपमा रोकिएपछि मात्र वार्ता सफल हुने बताएको छ।

 

तपाईको प्रतिक्रिया