शनिबार ६ असार २०८३
खेलकुद

विश्वकपमा ब्राजिलको पहिलो जित, हाइटी ३–० ले पराजित

शनिबार असार ६, २०८३/ Saturday 06-20-26

काठमाडौं। पाँच पटकको विश्वकप विजेता ब्राजिलले फिफा विश्वकप २०२६ मा पहिलो जित दर्ता गरेको छ।

फिलाडेल्फियामा शुक्रबार राति सम्पन्न समूह ‘सी’ अन्तर्गतको खेलमा ब्राजिलले हाइटीलाई ३–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा महत्वपूर्ण तीन अंक जोडेको हो।

ब्राजिलको जितमा म्याथियस कुन्हा नायक बने। उनले खेलको २३औँ र ३६औँ मिनेटमा गोल गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याएका थिए। पहिलो हाफको इन्जुरी समयमा भिनिसियस जुनियरले अर्को गोल थप्दै ब्राजिलको जित सुनिश्चित गरे।

जारी विश्वकपमा भिनिसियसको यो दोस्रो गोल हो। उनले यसअघि मोरक्कोविरुद्धको खेलमा पनि गोल गरेका थिए।

यो जितसँगै ब्राजिल दुई खेलबाट चार अंक जोड्दै समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ। साथै, टोलीको नकआउट चरणमा पुग्ने सम्भावना पनि बलियो बनेको छ।

यसअघि पहिलो खेलमा ब्राजिल मोरक्कोसँग बराबरीमा रोकिएको थियो भने हाइटी स्कटल्याण्डसँग पराजित भएको थियो।

 

तपाईको प्रतिक्रिया