मंगलबार २ असार २०८३
अर्थ

सेयर बजारमा १२ अंकको गिरावट, ४ अर्ब ४१ करोडको कारोबार

सोमबार असार १, २०८३/ Monday 06-15-26

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। आज नेप्से १२.२६ अंकले घट्दै २ हजार ७११.७६ विन्दुमा पुगेको छ।

आज कुल ३५० कम्पनीका १ करोड ७ लाख ३९ हजार ९९८ कित्ता सेयर किनबेच भएका छन् भने कुल कारोबार रकम ४ अर्ब ४१ करोड २० लाख ४८ हजार ६०९ रुपैयाँ पुगेको छ।

कारोबार भएका कम्पनीमध्ये ७३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको मूल्य घटेको छ। बाँकी १२ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

व्यक्तिगत कम्पनीतर्फ सोपान फर्मास्युटिकल्स र अपोलफ हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी नाफा आर्जन गरेका छन्। दुवै कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले वृद्धि भएको छ।

कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। यसको ३८ करोड ८५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

त्यस्तै, नेपाल बैंक डिबेन्चर २०८५ को २७ करोड ४ लाख रुपैयाँको कारोबारसहित दोस्रो स्थानमा रह्यो भने लक्ष्मी सनराइज बैंक २२ करोड ८८ लाख रुपैयाँको कारोबार गर्दै तेस्रो स्थानमा रह्यो।

समूहगत रूपमा आज कारोबार भएका सबै समूहगत सूचकहरूमा गिरावट आएको छ। विशेषगरी फाइनान्स, अन्य र ट्रेडिङ समूह एक प्रतिशतभन्दा बढीले घटेका छन्।

तपाईको प्रतिक्रिया