शनिबार ६ असार २०८३
शिक्षा

नेसनल मोडल स्कुलका प्रधानाध्यापक डीएन अधिकारी आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला

शुक्रबार असार ५, २०८३/ Friday 06-19-26

काठमाडौँ । तारकेश्वर नगरपालिका–८, लामबगर भेटघाट चोकस्थित आफ्नै निवासमा नेसनल मोडल सेकेन्डरी स्कुलका प्रधानाध्यापक दिलनाथ अधिकारी (डी.एन. अधिकारी) शुक्रवार झुण्डिएको अवस्थामा फेला परेका छन्।

प्राप्त जानकारीअनुसार अधिकारीलाई घरभित्र झुण्डिएको अवस्थामा परिवारका सदस्यहरूले देखेका थिए। तत्काल डोरी काटेर बचाउने प्रयास गरेपनि उनलाई बचाउन नसकिएको घटनास्थलपुगेको प्रहरीले जनाएको छ।

प्रहरी टोलीले घटनास्थलको निरीक्षण गरी आवश्यक मुचुल्का तयार गरेर शवलाई पोस्टमार्टमका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाईसकेको छ। पोस्टमार्टम प्रतिवेदन प्राप्त भएपछि मृत्युको वास्तविक कारणबारे थप स्पष्ट हुने प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनाको कारण खुल्न बाँकी रहेकाले विभिन्न पक्षबाट अनुसन्धान जारी राखिएको छ। परिवारका सदस्य, आफन्त तथा सम्बन्धित व्यक्तिहरूसँग सोधपुछका साथै घटनास्थलबाट प्राप्त प्रमाणहरूको समेत अध्ययन भइरहेको बताइएको छ।

उनी नेसनल मोडल सेकेन्डरी स्कुलका प्रधानाध्यापकका रूपमा कार्यरत थिए भने प्याब्सन काठमाडौंका कोषाध्यक्ष समेत हुन्। 

तपाईको प्रतिक्रिया