काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ।
अघिल्लो खेलमा स्कटल्याण्डसँग २ रनले पराजित भएको नेपाल आज अमेरिकाविरुद्ध जित निकाल्दै बदला लिने लक्ष्यमा छ। अमेरिका भने लगातार जितको लय कायम राख्न चाहन्छ।
लिग–२ तालिकामा २५ खेलबाट १८ अंकसहित नेपाल आठौँ स्थानमा छ भने अमेरिका ३६ अंकसहित दोस्रो स्थानमा रहेको छ।
तपाईको प्रतिक्रिया